१४ साउन, गुल्मी । गुल्मीको वडागाउँमा मुखमा कपडा कोचाएर एक व्यक्तिले आफ्नै छोरीको बलात्कार गरेका छन् । वडागाउँ–८ का रामबहादुर कुमालले १२ वर्षीया छोरी संगीता (नाम परिवर्तित) लाई बलात्कार गरेका हुन् । मादक पदार्थले मातिएका उनले घरमा कोही नभएको बेला दिउँसै ढोका थुनेर बलात्कार गरेको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । घटना १० साउनको भए पनि गुपचुप राख्ने प्रयास गरिएकाले ढिला गरी सार्वजानिक भएको हो ।
प्रहरीलाई बयान दिँदै संगीताले आफू घर वरिपरि सरसफाइ गरिरहेका बेला बाबुले एक्कासि उचालेर घरभित्र लगेर ढोका थुनी मुखमा तौलिया कोचेर बलात्कार गरेको बताइन् भने खबर राजधानीक दैनिकले छापेको छ ।
‘घर कोही थिएनन्, घर वरिपरि बढार्दै थिएँ, एक्कासि बुबाले उचालेर भित्र लैजानुभयो,’ संगीतालाई उद्धृत गर्दै प्रहरी निरीक्षक श्रीवास्तवले भने, ‘कराउँछे भनेर मुखमा तौलिया कोचेर मुख थुनेर जाज लाग्ने काम गर्नुभयो ।’
घटनाबारे संगीताले साँझ आमालाई भनेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । आमाको उजुरीपछि प्रहरीले रामबहादुरलाई भाग्नका लागि बडिघाट खोलामा लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

0 comments:
Post a Comment