Posted by not be blank
Posted on 6:10 AM
with No comments
विरगञ्ज,जेठ १४ । पर्साको ठोरी गाविसकी १४ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार भएको छ । ठोरीस्थित आफन्तको घरमा बस्दै आएकी किशोरीलाई स्थानीय तीन जना युवकले गत जेठ ७ गते राति बलात्कार गरेपनि घटना त्यसको एक हप्तापछि मात्र सार्वजनिक भएको हो । पीडित किशोरीले आफूलाई तीन जना युवकले सामुहिक बलात्कार गरेको भन्दै मंगलवार इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । ठोरीका २० वर्षका अविनाश साह, २० वर्षकै मन्नु चौधरी र २० वर्षकै सोहन खवासले जेठ ७ गते राति आफूलाई घरदेखि उत्तर तिरको कुलो नजिक लगेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन । तीन जना मध्ये मन्नु र सोहनको सहयोगमा अविनाशले जबरजस्ती करणी गरेको पिडित किशोरीले उजुरीमा उल्लेख गरेको प्रहरी निरिक्षक वीरेन्द्र पनेरुले बताउनुभयो । घरमै बसेका बेला आफनो भाइमार्फत उनीहरुले झुक्याएर घर बाहिर बोलाएको र जवर्जस्ती बोकेर कुलो नजिकै लगेको युवतीको भनाइ छ । त्यही बेला आफ्ना भिनाजु खेतमा पानी लगाउन पुगेको र तीनै जना युवकहरु फरार भएको उनको भनाई छ । बलात्कारका घटनाबारे त्यही दिन आफन्तलाइ जानकारी गराउँदा पनि समाजमा इज्जत प्रतिष्ठा जाने डरले आफन्तले उल्टै हप्काएर घटनालाइ ढाकछोप गर्ने प्रयास गरेको पीडित किशोरीले बताएकी छन । बलात्कारमा संलग्न युवकहरु फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको लाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक वीरेन्द्र पनेरुले बताउनुभयो । भिडियो हेर्न तल क्ल्किक गर्नुहोस्
0 comments:
Post a Comment