भारतीय माओवादीविरूद्ध प्रचण्डले सोनियालाई पत्र लेखेको खुलासा (पत्र सहित)
२८ जेठ, काठमाडौ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भारतीय माओवादीका विरूद्ध काग्रेस आइकी अध्यक्ष सोनिया गान्धीलाई गोप्य पत्र लेखेको खुलासा भएको छ ।
केही दिन पहिले भारतको ३६ गढमा माओवादी आक्रमणमा परि कांग्रेसका कार्यकर्ताको मृत्यु भएको बिषयलाई लिएर प्रचण्डले सोनियालाई पत्र लेखेका थिए ।
माओवादी केन्द्रीय कार्यालयको चलानी नम्बर ६२८ को गोप्य पत्रमा प्रचण्डले माओवादीको आक्रमणबाट कांग्रेस कार्यकर्ताको निधन भएको प्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।
प्रचण्डले जेठ ११ मा भएको घटनाको तीनदिनपछी अर्थात् जेठ १४ मा उक्त पत्र लेखेका थिए । सोही दिन कांग्रेस सभापति सुशील कोइरालाले पनि शोक वक्तव्य प्रकाशित गरेका थिए । प्रचण्डले भारतीय माओवादीको आक्रमणलाई 'लोकतन्त्र माथीकै' हमलाको संज्ञा दिएका छन् ।
प्रचण्डले किन लेखे यस्तो पत्र ?
नेकपा माओवादीले जनयुद्ध सुरू गर्नुपूर्व माओवादीका लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ र चन्दप्रकास खनाल बलदेवले भारतीय माओवादीबाट ग्रिनेट बनाउने तालिम लिएका थिए ।
भारतीय माओवादीको प्रशिक्षणबाट पुनले राइफल चलाउन सिकेका थिए, त्यसपछि कयौ माओवादीले भारतीय माओवादीसँग सैन्य प्रशिक्षण लिएका थिए ।
पहिलो सैन्य प्रशिक्षण लिएको माओवादी विरुद्ध एमाओवादीले वक्तव्य दिनुलाई दुई पार्टी बीचको सम्बन्ध टुटेको रूपमा व्याख्या गर्न थालिएको छ । गत महिनाको भारत भ्रमणका क्रममा प्रचण्डले सोनियालाई भेटन खोजेका थिए तर सोनियाले समय दिएकी थिइनन् ।
सोनियालाई रिझाउने प्रयास स्वरुप प्रचण्डले भारतीय माओवादी विरूद्ध लेखेको नेकपा माओवादीका एक प्रभावशाली नेताले बताए ।
सोनियालाई रिझाउने प्रयास स्वरुप प्रचण्डले भारतीय माओवादी विरूद्ध लेखेको नेकपा माओवादीका एक प्रभावशाली नेताले बताए ।
'प्रचण्डले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनकै बदनाम गरेका छन्, माओवादीका ती नेताले भने प्रचण्डले सोनियाको खुट्टा ढोगेपनि भारतीयहरूले उनलाई निश्वास गर्न छाडिसकेका छन् ।'
माओवादी आक्रमणको विरोध भन्दापनि भारतीय संस्थापन पक्षलाई आफ्नो पक्षमा पार्न प्रचण्डले त्यसो गरेको नेपालका अन्य दलको आरोप छ ।
गोप्य पत्र कसरी सार्वजानिक भयो ?
सामान्यतया दुईदेशका विशिष्ठले लेखेको पत्र यतिछिटो सार्वजनिक गर्नु कुटनीतिक अपरिपक्कता हो । स्रोतका अनुसार यो पत्र भारतीय दुतावासबाट सार्वजनिक भएको हो ।
प्रचण्डले सिधै सोनिया गान्धीको घरमा फ्याक्स पठाएपनि त्यो पत्रको फोटोकपी लैनचौरले उपलव्ध गराएको हो । तीन दिन देखी नै त्यो पत्र दलका नेताहरूको हातमा पुगेको थियो ।
प्रचण्डले पठाएको पत्रको गोपनियता नराखिदिनुले भारतीय संस्थापन पक्ष र त्यसमापनि काग्रेस आईकी अध्यक्ष सोनियाले प्रचण्डलाई विश्वास नगरेको दुइदेशको मामिला बुझेकाहरु बताउँछन् ।
नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले सोनियालाई भेटेकै समयमा सोनियाका तर्फबाट प्रचण्डप्रति विश्वासघात भएको छ । गोप्यपत्र सार्वजनिक भएपछि एकीकृत माओवादीमा एक पटक खैला बैला उत्पन्न हुने ठानिएको छ ।

0 comments:
Post a Comment