Home » » ''हस्तमैथुनले शरीरमा असर गर्छ कि गर्दैन ?

''हस्तमैथुनले शरीरमा असर गर्छ कि गर्दैन ?

''म २१ बर्षको युवक हुँ । म दिनहुँ हस्तमैथुन गर्ने गर्छु र म दुख्लो पनि छु । हस्तमैथुन गर्दिन भन्छु तर गर्न मन लागि हाल्छ । अहिले म मोटाउन चाहेर पनि मोटाउन पनि सकेको छैन । हस्तमैथुनले शरीरमा असर गर्छ कि गर्दैन ? म २६ बर्षको केटा हुँ हाल खाडीमा काम गरिरहेको छु । ब्लु फिल्म हेरेर नियमित हस्तमैथुन गर्ने गर्छु । मेरो विवाह हुने वाला छ । यसले मेरो बैवाहिक जीवनमा कुनै असर गर्छ ?
सुझाब '
ज्ञानेन्द्रीय तथा यौन अङ्गलाई हातले धर्षण गरेर आनन्दित हुनुलाई हस्त मैथुन भनिन्छ । हस्तमैथुन गर्दा पुरुषले विर्य निकाल्ने गर्छन् भने महिलाले चिल्लो पानी निकाल्ने गर्छन् । महिला तथा पुरुषले विपरित लिङ्गी नभएको अवस्थामा आफै यौन आनन्द लिने हुनाले चिकित्सकहरुले हाल यसलाई प्रकृतिक यौनक्रिडाको रुपमा ब्याख्या गरेका छन् ।'

वैज्ञानिक शोध अनुसार हस्तमैथुनले शरिरमा कुनै पनि किसिमको नकारात्मक असर गर्दैन भन्ने प्रमाणित भईसकेको छ । तर हस्तमैथुन गर्नेहरु विच यौन कुण्ठा भएको कारण यसले भविष्यमा असर गर्ने त्रास रहेको पाईन्छ तर हस्त मैथुन गर्ने महिला तथा पुरुषले भविष्यमा कुनै किसिमको असर गर्छ की भनेर डराउनु पर्दैन ।'
हस्तमैथुन अरु श्रम गरे जस्तै एक किसिमको कार्य हो । हस्तमैथुन गर्दा धेरै शक्ति खर्च हुन्छ तथा प्रोटिन खेर जाने भएकोले गर्दा अत्याधिक रूपमा हस्तमैथुन गर्दा शरीर कमोर हुनु वा कमजोर भएको महसुस गर्नु स्वभाविक नै हो ।'
सामान्यतया पुरुषमा विर्य बन्न २ देखि ६ दिन सम्म लाग्ने हुन्छ त्यसैले हस्तमैथुन दैनिक भन्दा पनि साप्ताहिक रुपमा गर्नु राम्रो हो । तर महिलामा त्यस्तो कुनै छेकवार छैन ।
मनोवैज्ञानिक विश्लेषकहरूको तर्क अनुसार 'हस्तमैथुन एक किसिमको नशा हो, यसको लत परका किशोर किशोरीले यो सजिलै त्याग्न चाहदैनन र वारम्बार गरिरहन्छन् । त्यसैले उनीहरू मानसिक रूपमै कमजोर हुन्छन् ।' त्यसैले तपाईलाई पनि यसको लत छोडन चाहि गाह्रो नहोला भन्न सकिन्न ।
हस्तमैथुनको लत छोडन के गर्नु ?
सबै उमेरमा व्यक्तिहरूले बुझ्नु पर्ने कुरा के हो भने हस्तमैथुन छाडन बाध्य हुनुपर्ने न त कुनै अवस्था छ न त कुनै औषधी उपचार नै । छोडन चाहने व्यक्तिले छोडन नसक्ने चाहि पक्कै होइन । हस्तमैथुनवाट अलग हुन आफूलाई व्यस्त राख्ने वा अन्य कुनै कार्यमा सहभागि भइरहनु पर्छ । युवा अवस्थामा यौन तृष्णा मेट्न विभिन्न स्थानमा धाउनु तथा असुरक्षित यौन सम्बन्ध राख्नु भन्दा हस्तमैथुन गर्नु नै राम्रो हो ।'

मोटाउने कसरी ?'

मोटाउनु वा दुब्लाउनुसंग हस्तमैथुनको कुनै सम्बन्ध हुदैंन । दुब्लो र मोटो हुने भनेको खानपिन वा अन्य कुनै रोगका कारणले गर्दा हुनसक्छ ।
तपाई दुब्लो हुनुहुन्छ र तपाईलाई मोटाउन मन छ भने आवश्यकता अनुसार पौष्टिक आहार लिनु, समयमा सुत्नु -कम्तिमा आठ घन्टा दैनिक), नियमित शारीरिक व्यायाम गर्नु नै मोटाउनका लागि आवश्यक कुरा हुन । आफू कमजोर भएको जस्तो लाग्छ भने पनि बलियो बनाउने उपाय पनि तिनै हुन् । यस बाहेक भिटामिन 'बी- कम्पलेक्स' ले पनि सघाउछ । तर औषधी सेवन गर्नुपर्ने स्थिति कमैलाई पर्छ ।'
कमजोरी हुने तथा दुब्लाउँदै जाने कुनै रोगको संकेत पनि हुन सक्छ । त्यस्तो अवस्थामा स्वास्थ्य परिक्षण गराएर सोही बमोजिम औषधी उपचार गर्नुपर्ने हुन्छ ।

हस्तमैथुनको असर'

युवा अवस्थामा गरेको हस्तमैथुनले बैवाहिक जीवनमा कुनै किसिमको असर गर्दैन । तर युवा अवस्थामा अत्याधिक हस्तमैथुन गर्नु भएको छ भने यसले पछि असर गर्छ भन्ने भावना तपाईले त्याग्नु पर्छ । यौनलाई मानसिकताले फाइदा र वेफाइदा दुबै गर्ने गर्छ''

DOWNLOAD FULL MOVIES
or
WATCH MOVIES STREAMING ONLINE

conference calling - cheap auto insurance - consolidate student loan - life insurance quote - cheap car insurance - refinance home

Search Terms :

Purchase Structured Settlements Mesothelioma Lawyers Secured Loan Calculator Secured Loans Insurance Auto car free insurance online quote students debt consolidation loans data recovery Denver adverse credit remortgages conference calling companies irs tax lawyers Personal Injury Lawyer Auto Insurance Instant Car Insurance Quote UK home owner loan Remortgaging buyer Structured Settlement Injury Lawyers homeowner consolidation loans Structured Settlement Consumer Info Arizona dui lawyers eloan mortgage Consolidation of Student Loan Student Loan Consolidation Calculator Bad Credit Home Equity auto insurance
sagarmathatimes
Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. sagarmathatimes - All Rights Reserved
Proudly powered by Blogger