२० जेठ, एजेन्सी । भारतको मध्यप्रदेश खोरगन स्थित बजरँगमा एक बावुले आफ्नै २१ वर्षीया छोरीलाई ८ वर्ष देखी निन्द्राको औषधी खुवाएर बलात्कार गर्दै आएको खुलासा भएको छ । पिडित युवतीले जिल्ला प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले उनको बाबुलाई पक्राउ गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार उनको ४२ वर्षीय लाल विश्वकर्माले आफ्नै छोरीलाई ८ वर्षदेखी औषधी खुवाएर बलात्कार गर्दै आएका थिए र उनले आफ्नै छोरीलाई कसैलाई बताईस भने मारिदिने भन्दै धम्की दिँदै घटनालाई लुकाइरहेका छन् ।
पिडित युवतीका अनुसार उनको बाबुले उनलाई २१ मे सम्म बलात्कार गर्दै आएका थिए । उनको आमालाई ठुलो रोग भएका कारण उनको निधन २५ मे मा भएको थियो ।
उनको आमाको निधन भएपछि पिडित युवती आफ्नो मामा घर पुगेर आफ्नो उक्त घटनाबारे मामाको परिवारलाई बताएकी थिइन् । उनको सबै कुरा सुनेपछि उनको मामाले प्रहरीमा उजुरी गरेका थिए ।
प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको बताइएको छ ।

0 comments:
Post a Comment