Home » » अपहरणको शैलीमा नेपाली नायिकाहरुलाई मदिरा पार्टीमा ?

अपहरणको शैलीमा नेपाली नायिकाहरुलाई मदिरा पार्टीमा ?

‘राष्ट्रिय चलचित्र महोत्सव’को उद्घाटनमा भोको पेटमै भएपनि नाचेका नेपाली सिनेमाका कलाकारले खासै दुखेसो पोखेका थिएनन् । दर्शकलाई भोको पेटमै भएपनि नृत्य देखाउन पाउँदा कलाकारहरु खुशी देखिएका थिए । तर त्यो खुशी लामो समयसम्म टिक्न सकेन । कार्यक्रम नसकिदै आयोजकले ३ वटै गाडी लिएर हिडेपछि अन्तिममा आफ्नो प्रस्तुती दिने कलाकारहरु अलपत्र परेका थिए ।बेलुकी ७ बजेपश्चात धरानको स्विमिङ पुलमा खानाको व्यवस्था गरिएको थियो । धरान पुगेका १०० भन्दा बढि चलचित्रकर्मी र पत्रकार त्यहाँ खाना खान पुगेका थिए । तर खाना खान लागेका नायिकाहरुलाई आयोजकले तपाइहरुको लागि छुट्टै व्यवस्था छ भन्दै गाडीमा चढाएको थियो ।
गाडीमा चढ्दै गर्दा धेरै नायिकालाई कहाँ र किन लग्न थालियो भन्नै नै पत्तो थिएन । उनीहरु मध्ये कसैलाई टाउको दुखेको थियो त कसैलाई भोक लागिरहेको थियो । कलाकारहरुलाई लाने र लैजाने जिम्मा पाएका प्रकाश सुवेदीले अचानक ‘खाना छोड, गाडीमा चढ’ भन्दै लगेको एक नायिकाले बताइन् ।
स्विमिङ पुलबाट अघि बढेको गाडी कता हुँइकियो कसैलाई पनि पत्तो थिएन । तर अचानक बिच बाटोबाट नायिका रेखा थापा र प्रकाश सुवेदी ओर्लिएका थिए । स्विमिङ पुलबाट खाना नखाई आफू बसेको होटलतर्फ जान लागेका १५ जना निर्माताहरुले गाडी देखेपछि रोक्न भनेका थिए । तर गाडी रोकिएन, अघि बढ्यो ।
एक नायिकाले आफू कतै नजाने, होटलमा लैदिन बारम्बार आग्रह गर्दा पनि अनाकन्टर बाटोमा गाडी कुदाइएको बताइन् । उनीहरुलाई दन्तकाली रोड भन्दा धेरै माथी रहेको ‘पञ्चकन्या रिसोर्ट’मा पुर्‍याइएको थियो ।
पञ्चकन्या रिसोर्टमा इटहरी सैनिक क्याम्पबाट आएका केही कर्नेल र जर्नेलहरुले पार्टी दिएका रहेछन् । यसको संयोजन चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेले गरेका थिए ।
एक चलचित्रकर्मी भन्छन्, ‘पार्टी नै दिने भए किन काठमाण्डौबाट गएका सबै कलाकारलाई दिइएन, केही नायिका र नायकलाई मात्र किन दिइयो त ?’ त्यहाँ नायिकाहरुलाई कर्नेल र जर्नेलसँग परिचय गराइयो । यसपश्चात सुरु भयो मदिरा पार्टी ।
मदिरा पार्टीमा पुगेका नायिका अनु शाह, सुष्मा कार्की, अशिष्मा नकर्मी, सुस्मिता कार्की चाडै नै निस्किएका थिए । मदिरा पार्टीमा सहभागी एक नायिकाले ‘आफूलाई टाउको दुखेर जान्न’ भन्दा पनि सुख नपाएको बताइन् । यस्तै केही नायिकाहरुले आफूहरुलाई सो बीजको रुपमा प्रयोग गरिएको गुनासो पनि गरेका छन् ।
कर्नेलहरुले दिएको पार्टीमा नायक भुवन केसी, राजवल्लभ कोइराला, स्वेता खड्का, झरना थापा, श्रीकृष्ण श्रेष्ठ, निता ढुंगाना, आकाश अधिकारी सुनिल कुमार थापा, गायक शिव परियार पनि सहभागी थिए । नायिका निशा अधिकारी भने केही समय बसेर फर्किएको बताइएको छ । उक्त पार्टीमा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’, नायिकाद्धय रेखा थापा, सुमिना घिमिरे, व्यवस्थापनको जिम्मा लिएका प्रकाश सुवेदी देखिएका थिएनन् । मध्यरात सम्म चलेको उक्त पार्टी पश्चात कलाकारहरु आ आफ्नै होटलमा फर्किएको बताइएको छ ।
खाना खादै गरेका नायिकाहरुलाई मात्र जर्बजस्ती छुट्टै स्थानमा पार्टी छ भन्दै किन लगियो ? के नायिकाहरु सो बिजका लागि मात्र प्रयोग गर्ने पात्र हुन् ? धरानको अग्लो र सुनसान स्थानमा रहेको पञ्चकन्या रिसोर्टमा पार्टी चलिरहदा महोत्सवका लागि गएका निर्माताहरु भने आफैले रकम तिरेर होटलमा खाना खाइरहेका थिए । अत्यन्त अस्तव्यस्त र भद्रगोल तबरले आयोजना भएको चलचित्र बिकास बोर्डको ‘राष्ट्रिय चलचित्र महोत्सव’ नाम दिइएको कार्यक्रम पूर्ण रुपमा असफल भएको टिप्पणी बजारमा चलेको छ ।

DOWNLOAD FULL MOVIES
or
WATCH MOVIES STREAMING ONLINE

conference calling - cheap auto insurance - consolidate student loan - life insurance quote - cheap car insurance - refinance home

Search Terms :

Purchase Structured Settlements Mesothelioma Lawyers Secured Loan Calculator Secured Loans Insurance Auto car free insurance online quote students debt consolidation loans data recovery Denver adverse credit remortgages conference calling companies irs tax lawyers Personal Injury Lawyer Auto Insurance Instant Car Insurance Quote UK home owner loan Remortgaging buyer Structured Settlement Injury Lawyers homeowner consolidation loans Structured Settlement Consumer Info Arizona dui lawyers eloan mortgage Consolidation of Student Loan Student Loan Consolidation Calculator Bad Credit Home Equity auto insurance
sagarmathatimes
Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. sagarmathatimes - All Rights Reserved
Proudly powered by Blogger