जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत दुईजना प्रहरी मादक पदार्थ सेवन गरेर आएका युवाको समूहवाट मुल गेटमै कुटिएका छन्।
जिल्ला प्रहरी कार्यालयको मुल गेटमा सेन्ट्री बसेका तिलबिक्रम राई र बिक्रम राई आइतवार राती १ बजे स्थानीय धनजंग घिमिरे,लिलाजंग घिमिरे र अनन्द राईबाट निर्घात कुटिएका हुन ।
कुटिएका मध्ये तिलबिक्रम राईको स्थानीय अस्पतालमा उपचार हुन नसक्दा भारतको शिलिगुडी स्थित चाङ अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत सञ्जिवबाबु खड्काले जानकारी दिए ।
खड्काका अनुसार तिलबिक्रमको टाउको र कञ्चटमा गम्भिर चोट लागेको छ भने दाहिने हातको कान्छी औंला पनि काटिएको छ ।
अर्का प्रहरी जवान बिक्रम राईको शरिरमा सामान्य चोट लागेको छ । मध्यरातमा मादक पदार्थ सेवन गरेर जिल्ला प्रहरी कार्यालय पाँचथरको गेटमा पुगेका ती युवाले पहिले सेन्ट्रीमा खटेका तिलबिक्रमसँग बिबाद गर्दै लाठी र मुक्का प्रहार गरेका थिए ।
भिडियो हेर्नुहोस्

0 comments:
Post a Comment